घोराही, २० पुस । नेपाल परिवार नियोजन संघ दाङ शाखाको ४१ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशन आइतवार घोराहीमा भएको छ । शाखाका अध्यक्ष तिर्थ सन्तोर्षिको अध्यक्षता तथा पुर्व सभापति गुरु प्रशाद शर्माको प्रमुख आतिथ्यता एवं प्रदेशसभा सदस्य अनिता देवकोटाको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । त्यसअबसरमा प्रमुख अतिथि शर्माले सफलताको शुभकामना व्यक्त गर्दै निरन्तर रुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका थिए । आगामी दिनमा सेवाको विस्तार गर्दै दुरदराजका वस्तिहरुमा पनि सचेतना फैलाउन आबस्यक रहेको कुरामा जोड दिएका थिए । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा प्रदेशसभा सदस्य देवकोटाले संस्थाले दिने शेवा सर्वशुलभ र गुणस्तरीय हुनुपर्ने बताईन ।