२०८१ असोज १७ गते बिहिवार
२०८१ असोज १७ गते बिहिवार

भ्रमण बर्षलाई जोड्दै तुलसीपुर महोत्सव

शरद रेग्मी, २१ पुस तुलसीपुर । यस अघिहुंदै आएका व्यापारीक महोत्सवको परम्परालाइ तोड्दै तुलसीपुरमा फरक शैलिको महोत्सव हुंदै छ । जुन भ्रमण बर्ष घुम्न जाउंतुलसीपुरसंग जोडिएको छ । यसमा दाङ जिल्ला उद्योग वाणिज्य संघ लगायत जिल्लाका सवै उद्योग वाणिज्य संघको सहकार्यमा यो महोत्सव सन्चालनहुन लागेको महोत्सव आयोजक तुलसीपुर उद्योग वाणिज्यसंघले जनाएको छ । भ्रमण बर्ष सुरु भए सङ्गै स्थानीय सरकारहरुले जिल्लाको पर्यटन, धार्मिक र सास्कृतिक महत्त्व लाई समेत प्रचार प्रसार गर्न कस्सिएका छन । जिल्लाका सम्पदा र पर्यटकिय क्षेत्रमा सरसफाइ र रङ्ग रोगन गरेर चिटिक्क पार्ने काम समेत सम्पन्न भैसकेको छ । तुलसिपुर उपमहानगरपालिकाले अघि सारेको घुम्न जाऔ तुलसिपुर अभियानलाई सफल पार्न दाङको तुलसिपुरमा ब्यापार तथा अ‍ैधोगिक महोत्सबको आयोजना हुन लागेको हो ।

तुलसिपुर उधोग बाणिज्य सङघको आयोजनामा माघ ९ गतेदेखि १९ गते सम्म तुलसिपुर महोत्सब २०७६को आयोजना हुन लागेको बाणिज्य सङघले जजाएको छ । आईतबार बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले सङघको निर्माणाधीन बहुआयामिक सभाहललाई सम्मपन्न गर्न तुलसिपुर महोत्सबको आयोजना गर्ने निर्णय गरेको हो । पश्चिम दाङको सबैभन्दा ठुलो निर्माणाधिन बहुआयामिक सभाहलमा स्थानीय ,प्रदेश र सङघिय सरकारबाट कुनै पनि सहयोग प्राप्त नभए पछि यस क्षेत्रका उधोगि ब्यबसायिहरु आफै निर्माणमा जुटेका हुन । उनिहरुले स्वस्फुर्त रुपमा सभाहल निर्माणका लागि सहयोग गरेका छन । निजिक्षेत्रबाट यति ठुलो प्रोजेक्ट सुरु भएको भन्दै नेपाल उधोग बाणिज्य सङघका पदाधिकारीले समेत तुलसिपुरको सभाहल निर्माणमा सहयोगको घोषणा गरेका छन । महोत्सबमा स्थानीय ब्यबसायिहरुलाई प्रति स्टलमा २५ प्रतिसत सम्म छुटको ब्यबस्था गरिएको सङघका महासचिव रुपबहादुर खत्रीले जानकारी दिनुभएको छ ।

मेला उपसमितिहरुको नाम :

त्यसै गरि महोत्सबमा जेष्ठ नागरिक ,फरक क्षमता र अपङगता भएकाहरुलाई निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको छ । तुलसिपुरको गुल्मरोड नजिकै ओम शान्ति सिनेमाहलको पुर्ब तर्फको मैदानमा आयोजना हुन लागेको महोत्सबमा स्थानीय उत्पादनको प्रदर्श्नि,बहुराष्ट्रिय कम्पनि,अटो मोबाईल्स,तयारी पोसाक,साना तथा ठुला उधोग,कम्पनी र अन्य ब्यबसायिक स्टलहरु राखिने भएको छ । सो अबसरमा राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको समेत दैनिक प्रस्तुति रहने छ ।

जग्गा दाता युवा ब्यबसायि यज्ञबहादुर केसिले प्रदान गरेको जग्गामा निर्माणधिन रहेको सो सभाहल निर्माण गर्न यस अघि ब्यापारीक र धार्मिक महोत्सबको आयोजना गरिएको भए पनि समयको माग अनुसार सभाहल परिमार्जन गर्दै निर्माण कार्य अगाडि बढाउनुपरेको भवन निर्माण समितिका सयोजक बिमल रिजालले जानकारी दिनुभयो । उहाले भन्नुभयो “यस क्षेत्रमा प्रदेश वा राष्ट्रिय स्तरका कार्यक्रमहरु सञ्चालन गर्न पनि सभाहल आबश्यक थियो । निर्माण गर्दै जादा बजेट फेरि अपुग भयो यो महाअभियानमा राज्यकोषबाट कुनै सहयोग प्राप्त नभए पछि फेरिपनि ब्यबसायिक महोत्सबको आयोजना गरेका हौंं । उहाँले सभाहल निर्माण कार्य सम्पन्न गर्न एक करोड बढि रकम आबश्यक पर्ने समेत सयोजक रिजालले जानकारि दिनुभयो ।