२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

‘परदेशी २’ मा गायक प्रकाश सपूत नायक

काठमाडौ । प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् । चलचित्रका निर्देशक नारायण रायमाझी र सपुतबिच केही दिन अघि सम्झौता भएको खबर बाहिरिएको छ । चलचित्रले रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा भन्ने बताइएको छ तर चलचित्रमा सपुत इन्ट्री भएको बारे निर्माण पक्षले सार्वजनिक गरेको छैन ।