२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर ५ मा वडा अध्यक्ष कप फुटसल प्रतियोगिता हुने

२१ पुस, तुलसीपुर । दाङको तुलसीपुरमा प्रथम वडा अध्यक्ष कप फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । नामिनगर युवा क्लब तुलसीपुर ५ को आयोजना तथा तुलसिपुर उपमहानगरपालिका वडा न ५ को आर्थिक ब्यस्थापन संचालन गरिन लागेको प्रतियोगिता आउदो पुस २६ गतेदेखि तुलसिपुर ५ अरनिको मैदान मा सुरु हुनेछ ।

स्थानिय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा वडा न ५ भित्र पर्ने टोलहरुका १ दर्जन बढी टिमको सहभागिता रहने प्रतियोगिता का सयोजक भुपेश डाँगीले जानकारी दिएका छन् । प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद १५ हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक डाँगीले बताए । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ !
पुस २७ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ। यसैविच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजक ले टिम दर्ता गरि प्रतियोगितामा सहभागिता का लागि ईच्छुक सबै टोल लाई पुस २४ गते सम्म मा टिम दर्ता गर्न आग्रह गरेको छ ।