२०७७ फाल्गुन १७ गते सोमवार
२०७७ फाल्गुन १७ गते सोमवार

सातवास-राम्री सडक निर्माण नरोक्न उच्च अदालतको आदेश

तुलसीपुर, २१ पुस । दाङको तुलसीपुर ३ को सातवास र राम्री धाममा निर्माण भईरहेको सडकको काम नरोक्न उच्च अदालत तुलसीपुरले आदेश गरेको छ । मुख्य न्यायाधीश रमेश पोखरेल र ऋषिराम दवाडीको ईजलासले सडक निर्माण गर्दा सामुदायिक बन र खानेपानीमा त्यस्तो क्षति भएको नदेखिएको भन्दै सडक निर्माण कार्यलाई जारी राख्न आदेश गरेको हो ।

घोराही–तुलसीपुर चारलेन बनाउने निर्माण कम्पनीले सोही क्षेत्रमा सडक निर्माण गरिदिने र उत्पादन भएको ढुगा चारलेन बनाउन लैजाने स्थानीयसंग सम्झौता भए बमोजिम काम शुरु भएको थियो । तर यो कार्य मापदण्ड विपरित भएको भन्दै तरुणदलका नवीन बुढाथोकीले उच्च अदालत तुलसीपुरमा निवेदन दिएका थिए ।