२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सहायक वन अधिकृत १० हजार घुससहित पक्राउ

बर्दिया, २१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले १० हजार घुससहित सहायक वन अधिकृत आनन्दप्रसाद शाहलाई पक्राउ गरेको छ । सोमबार दिउँसो बबई सव डिभिजन वन कार्यालय, जयनगर बारबर्दियाबाट उनलाई पक्राउ गरेको अख्तियारका नेपालगन्ज प्रमुख गणेश गैरेले बताए ।सहायक वन अधिकृत शाहले काठको लगत मिलाई दिने भन्दै सेवाग्राहीबाट १० हजार घुस लिएको प्रमुख गैरेले बताए। उनलाई आवश्यक कारबाहीका लागि नेपालगन्जको आयोगको कार्यालयमा लगिएको छ।