२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

देशको पश्चिमी क्षेत्रमा आज पानी पर्ने

काठमाण्डाै – मङ्गलबार पश्चिमी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मङ्गलबार पश्चिममा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । यस्तै आज यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने उहाँले बताउनु भयो । उहाँका अनुसार आज मध्य र पूर्वको एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।