२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

राष्ट्रिय सभा सदस्य उम्मेदवारविरुद्ध उजुरी परेन

काठमाडौं । माघ ९ गते गर्न लागिएको राष्ट्रिय सभा चुनावका उम्मेदवारहरु विरुद्ध एउटा पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाविरुद्ध हिजो दिनभर उजुरी दिन आह्वान गरेको थियो। कुनै पनि प्रदेशमा उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी नआएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। १८ पदमा हुने निर्वाचनका लागि ४५ जनाको उम्मेदवारी परेको छ।