२०७८ बैशाख ७ गते मङ्गलवार
२०७८ बैशाख ७ गते मङ्गलवार

बुद्ध–सरयू चलचित्र महोत्सव आजबाट सुरु

२२ पुस, घोराही । दाङमा पहिलो पटक हुन लागेको बुद्ध–सरयु चलचित्र महोत्सव २०७६ आजबाट घोराहीमा सुरु हुँदैछ । घोराहीको भिङ्ग्रेली भिलेज रिसोर्टमा प्रदेश नं. ५ का सभामुख पुण बहादुर घर्तिले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवको मुख्य आयोजक पहल नेपालका अध्यक्ष केएल पिडितले जानकारी दिनुभएको छ । महोत्सवमा विशेष चलचित्रहरुको प्रदशन, चलचित्र सम्बन्धी अन्तरक्रिया, फोटो प्रदशनी अवलोकन जस्ता कार्यक्रमहरु राखीएको छ ।