२०७८ भाद्र १६ गते बुधवार
२०७८ भाद्र १६ गते बुधवार

शान्तिनगरमा विशेषज्ञ डाक्टरहरुको उपस्थितीमा स्वास्थ्य शिविर हुने

२० पुस, शान्तिनगर । दाङको शान्तिनगर गाउँपालिकाले यहिँ पुसको २६ गते बृहत स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । राप्ती लाईफ केयर अस्पताल, तुलसीपुरको दाङको प्राबिधिक सहयोगमा शान्तिनगर गाउँपालिकाको वडा नं. २ स्थित बाघमारे स्वास्थ्य चौकी, सिमसुन्दरपुरमा स्वास्थ्य शिबिर हुन लागेको स्वास्थ्य चौकीका स्वास्थ्य संयोजक हरिबहादुर पुन मगरले जानकारी दिनुभएको छ । शिबिरमा बिशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परिक्षण हुने बताइएको छ ।
शिबिरमा आउने डाक्टरहरु :

१. डा. बिनोदकुमार सिंह (स्त्रि रोग विशेषज्ञ)
२. डा. ज्ञानेन्द्र पाण्डे (जनलर फिजीसियन)
३. डा. बुद्धि गुरुङ (बाल रोग विशेषज्ञ)
४. डा. सरुण पोखरेल (मेडिकल अधिकृत)