दाङ,पुस २२ । दाङको शान्तिनगर गाउँपालिका वडा नं ६ सुनडवरी निवासी २३ बर्षीय गोविन्दबहादुर रोकाको सोमवार मलेसियामा मृत्यु भएको छ । गाउँपालिकाका प्रबक्ता रवि बुढाथोकीले दिएको जानकारी अनुसार मंसिर ५ गते एकाएक बेहोस भएपछि अस्पताल लगिएका थिए । रोकाको उपचारका क्रममा मलेसियामा नै मृत्यु भएको भन्ने जानकारी परिवारका सदस्यले दिएको गाउँपालिकाका प्रबक्ता बुढाथोकीले बताए । रोका ४ बर्ष पहिले बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।