२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

शान्ति समाज दाङद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२२ पुस, दाङ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आज प्रमुख जिल्ला अधिकारी गाेबिन्द प्रसाद रिजाल मार्फत सम्माननिय प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापनपत्र बुझाएको छ । भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्शा तुरुन्त सच्याउन र अतिक्रमीत भुभागबाट भारतीय सेना तत्काल फिर्ता गर्ने भन्ने आह्वान सहित देशब्यापी अभियान अन्तर्गत नेपाल सरकारलाई श्वेतपत्र जारि गर्न माग गर्दै ज्ञापनपत्र पेश गरिएको छ ।
ज्ञापनपत्र बुझाउन मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय महासचिव सुशील बस्नेत, केन्द्रीय बिभागिय प्रमुख लगायतहरुको उपस्थिति रहेको थियो ।