२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

हंसपुर र शान्तिनगरमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

पौष २२ हापुरे । बबई गाउँपालिकाको हंसपुरमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । साथी पोलिक्लिनिक तुलसिपुर र अनुराधा मेडिकल एक्लेचौर हंसपुुरको संयूक्त आयोजनामा आगामी पौष २६ गते शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको बताइएको छ । शिविरमा राप्ति प्रादेशिक अस्पताल तुलसिपुरमा कार्यरत स्त्री तथा प्रशुतीरोग बिशेषज्ञ डाक्टर शेखर थापा आउने बताइएको छ । शिविरमा महिलाहरुमा हुने सबै खाले समस्याको चेकजाँच तथा उपाचार गरिने शिविर आयोजकले बताएको छ । शिवरमा निशुल्क चेकजाँच र औषधीको ब्यबस्था मिलायएको छ । साथै दिन भिडियो एक्सरे र ल्यावमा ५० प्रतिशत छुट गरिने पनि साथी पोलिक्लिनिक प्रालीका सञ्चालक यूवराज बस्नेतले जानकारी दिनु भएको छ ।

यसै बिच शान्तिनगरको सिमसुन्दरपुरमा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शान्तिनगर गाउँपालिकाको आयोजना र राप्तिलाइफ केयर अस्पताल तुलसीपुरको प्राबिधीक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको बताइएको छ । शान्तिनगर २ को बाघमारे स्वास्थ्यचौकिमा सञ्चलन हुने शिविर आगामी पुस २६ गते शनिबार हुने बताइएको छ ।