२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

नवयुग कृषी सहकारीको साधारण सभा सम्पन्न

पौष २२, शान्तिनगर । नवयुग कृषी सहकारी संस्था लिमिटेड शान्तिनगर ५ रंगैजाको चौथो साधारण सभा आज रंगैजामा सम्पन्न भएको छ । साधरण सभा संस्थाका संस्थापक अध्यक्ष मधुसुदन बरालको अध्यक्षता तथा शान्तिनगर ५ का वडा सदस्य दयाराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आज सम्पन्न संस्थाको चौथो साधारण सभाले संस्थाको नया सञ्चाक समिती तथा ऋण उपसमिती चयन गरेको छ । ३ बर्षिय कार्यकाल आज गठित सञ्चालक समितीको अध्यक्षमा प्रेमबहादुर डाँगी रहनु भएको छ । त्यस्तै समितीको उपाध्यक्षमा गौरि शर्मा, सचिवमा किरण वली, कोषध्यक्षमा प्रमिलादेबि बस्नेत रहनु भएको छ । यसैगरि सदस्यहरु निमबहादुर बस्नेत, खडकबहादुर डाँगी, झुपलाल वली, कमला डाँगी रहनु भएको छ । त्यस्तै ऋण उपसमिती संयोजक डिल्ली पाण्डे रहनु भएको छ । कार्यक्रमको सञ्चालन निर्वतमान सचिव टिकाराम रिजालले गर्नु भएको थियो ।