पौष २२, हापुरे । शान्तिनगर गाउँपालिकाले स्थानिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन कार्यबिधी निर्माण गर्ने भएको छ । गाउँपालिकाको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बढदै गएको चिसोले जनजिवन प्रभाबित भएको भएको निस्र्कष निकाल्दै जेष्ठ नागरीक, बालबालीका, र असक्तहरुलाइ सचेत रहन आग्रह गरेको छ ।
मौसममा सुधार नआए चिसो बढ्दै गएमा गाउँपालिका भित्र रहेका सामुदायिक बनहरुसंगको समन्वयमा गाउँपालिकाका ७ वटै वडाहरुका मुख्यचोक र गल्लिहरुमा आगो ताप्नका लागी काठ दाउरा उपलब्ध गराउने निर्णय समेत गरेको बताइएको छ । बैठक गाउँपालिकाका अध्यक्ष कमानसिँह डाङिको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा उपाध्यक्ष मिथीला शाह लगाएत सबै वडाहरुका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो भने सहजिकरण प्रशासन अधिकृत कृष्ण कँडेल गर्नुभएको थियो ।
यसै बिच शान्तिनगर गाउँपालिका वडा नम्बर ६ मा माघि बिशेष कार्यक्रम हुने भएको छ । वडा नं. ६ वडा कार्यालयको आयोजनामा आगामि पौष २७ गते थारु जातीहरुको महान पर्व माघिको अबसरमा बिशेष कार्यक्रम गर्न लागिएको बताइएको छ । वडा नम्बर ६ का अध्यक्ष रवि बुढाथोकीका अनुसार पौष २७ गते हुने माघि बिशेष कार्यक्रममा वडा स्तरिय थारु मौलिक नृत्य प्रतियोगिता, झाँकी प्रदर्शन, थारुकलाकारहरुको प्रस्तुती रहने बताइएको छ । बिहान ११ वजे बाट वडा कार्यालय पहाडिपुर नजिकै हुने माघि बिशेष कार्यक्रममा उपस्थिती भैदिन जनप्रतिनीधी, कर्मचारी लगाएत सबैमा अनुरोध समेत गरीएको छ ।