२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

बुद्ध–सरयू चलचित्र महोत्सवको घोराहीमा उद्घाटन

२२ पुस, घोराही । दाङको घोराहीमा मंगलबारदेखि प्रदेशस्तरिय बुद्ध-सरयू चलचित्र महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले मुलुकको समृद्धिका लागि कलाकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सभामुख घर्तीले ‘परिवर्तनका लागि कलाकर्मीहरुले खेलेको भूमिकाको चर्चा जति गरे पनि कम नै हुने र कला क्षेत्रको संरक्षणका लागि राज्यले भूमिका खेल्ने बताउनुभएको छ ।’ तीन दिनसम्म चल्ने चलचित्र महोत्सवमा प्रदेश ५ को चलचित्रको इतिहास, सम्भावना र चुनौतिको विषयमा गम्भीर छलफल हुने आयोजक संस्था पहल सञ्चार अभियानका संयोजक केएल पीडितले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश ५ को कला साहित्यको विकासका लागि भएका प्रयासको बारेमा पनि छलफल हुने पीडितले बताउनुभयो ।