तुलसीपुर,२२ पुस । पुस २३ गते तुलसीपुरमा हुन गइरहेको तुलसीपुर क्षेत्र स्तरिय माघी बिशेष सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । नमुना भुइँह्यार थान समितिले मंगलवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पुरा भएको जनाकारी दिएको छ ।
नमुना भुइँह्यार थान समिति तुलसीपुर ५ जवरपुरको आयोजनामा एक दिने माघी सांस्कृतिक कार्यक्रम गर्न लागिएको समितिका अध्यक्ष रामशरण चौधरीले जानकारी दिए ।आफ्नो कला संस्कृतिलाई सरक्षण गर्ने उद्देश्यले माघीको सन्दर्भमा उक्त कार्यक्रम गर्न लागेको उनले बताए । कार्यक्रममा विभिन्न नाँचहरु प्रस्तुत गरिने छ । भने जेष्ठ नागरिक सहित विभिन्न महटवाहरुलाई सम्मान पनि गरिने भएको छ ।
रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा थारु अगुवा रोहीत चौधरी,छोटीलाल चौधरी लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण नमुना भुइँह्यार थान समितिका उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।