२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरका व्यापारी श्रेष्ठको हत्या आरोपीलाई जन्मकैदको फैसला

दाङ, पुस २२ । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या आरोपमा पक्राउ परेकालाई जन्मकैदको फैसला सुनाइएको छ । घटना भएको तीन वर्षपछि फैसला सुनवाई गर्दै जिल्ला अदालत सल्यानले दशवर्ष देखि जन्मकैदसम्मको फैसला सनाएको हो । सल्यान अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलाशले गएको पुस १५ गते सुनवाई गर्दै आठ जनालाई कारागार चलान गरेको छ भने बाँकी तीन जनालाई सफाई दिएको छ। घटनाका मुख्य योजनाकार भनिएका टिकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद गरिएको छ भने अपहरण मुद्दामा थप दश वर्ष कैद फैसला सुनाइएको छ ।

व्यवसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते अपहरण गरी हत्या गरिएको थियो । अपहरण गरेको तीन दिनपछि श्रेष्ठको शव सल्यानको छत्रेश्वरी ४ झिम्पे भन्ज्याटिकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद गरिएको छ भने अपहरण मुद्दामा थप दश वर्ष कैद फैसला सुनाइएको छ ।घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई भने अदालतले सफाइ दिएको छ । दाङ प्रहरीले घटनाका मुख्य योजनकार सहित १४ जना संलग्न भएको भने पनि ११ जना मात्र पक्राउ परेका छन् । फरार रहेका अन्य तीन जना भने प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।