जाडोको मौसम मोजमस्तीका लागि मात्र राम्रो हुने होइन । स्वास्थ्यको दृष्टिले पनि राम्रै मानिन्छ । केही व्यक्तिहरु त जाडोमा व्यायाम गर्नै रोकिदिन्छन् । यद्यपि, जाडो मौसममा व्यायामका लागि थोरै ध्यान दिनाले तपाईं स्वास्थ्य सम्बन्धी साधारण समस्याबाट सहजै बच्न सक्नुहुनेछ । तर, यदि तपाईंलाई मुुटु सम्बन्धी समस्या छ भने जाडोमा तपाईंलाई अतिरिक्त सुरक्षाको आवश्यकता पर्दछ । यस्तो बेला यदि तपाईं राम्रो स्वास्थ्य चाहनुहुन्छ भने तपाईंका लागि यो मौसम सबैभन्दा उत्कृष्ट हुनेछ । जाडोमा स्वस्थ रहनका लागि यी उपायहरु उपनाउनु राम्रो हुन्छ ।
– अत्यधिक पानी पिउनुपर्छ ।
– तातो पेय पदार्थबाट बचौं ।
– शरीरलाई आराम दिनुपर्छ ।
– जाडोमा वाटर चिसो पानीबाट बच्नुपर्छ ।
– चिसो हावाबाट बचौं ।
– व्यायामका लागि जानुभन्दा अघि एक कप तातो चिया अथवा दुध पिउनुपर्छ ।
– व्यायामका लागि त्यस्तो पहिरन छनोट गर्नुपर्छ । जो खुकुलो हुनुका साथै त्यसले बाहिरको चिसो हावालाई समेत रोकोस् ।
– व्यायाम गरेपछि कम्तिमा तीन मिनेटपछि मात्र नुहाउनुपर्छ ।
– व्यायाम गर्ने बित्तिकै कपडा फेर्नुहुँदैन । न त खुला स्थानमा जानुहुन्छ ।