रुकुम, २३ पुस । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । डोल्पाको खदाङबाट रुकुम पश्चिमको गोतामकोटतर्फ आइरहेको ग १ ज ५२०१ नम्बरको जिप बुधबार दुर्घटना भएको हो । बुधबार बिहान १० बजे जाजरकोट–डोल्पा सडकखण्डको मनका बगरमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। घाईते सबैजनालाई उपचारका लागि आठबीसकोट नगर अस्पतालमा ल्याइएको रुकुमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले बताउनुभयो । गाडी चालक तिलक बिक भने फरार रहेको बताइएको छ ।
१३ जना यात्रु सवार जिप आठबीसकोट नगरपालिका–६, को मनकाबगरमा ब्रेक फेल भई दुर्घटना हुँदा जिप सडकभन्दा अन्दाजी ६०/७० मिटर तल रहेको ठूलीभेरी नदीको किनारमा परेको छ।