२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

तुलसीपुरमा ‘माघ विशेष सांस्कृतिक कार्यक्रम’ सम्पन्न

२३ पुस, तुलसीपुर । ‘थारु कला संस्कृति हमार पहिचान सांस्कतिक विकासक लाग हमार अभियान’ भन्ने नाराका साथ बुधवार तुलसीपुरमा माघी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम हुनु अघि थारुहरुको मौलिक पहिचान झल्किने, भेषभूषा सहितको ¥यालीले तुलसीपुर वजारको परिक्रममा गरी कार्यक्रमा परिणत भएको थियो । कार्यक्रमको उद्घाटन संघिय सांसद हिराचन्द्र केसीले गर्नुभएको थियो ।

नमुना भुह्याँर थान समितिका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, प्रदेश ५ का सांसद धमकली चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का वडा अधयक्ष नवराज लामीछाने, थारु पत्रकार संघका अध्यक्ष सन्तोष दहित, नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी लगाएतले थारु संस्कृतिको पहिचान महत्वपुर्ण भएकोले यसलाई सरक्षण र जगेर्ना गर्नुपर्नेमा जोड दिनुभएको थियो।

नमुना भुह्याँर थान तुलसीपुर ५ को आयोजना तथा थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ३ दाङको सहआयोजनामा कार्यक्रम भएको थियो । सो अवसरमा रिर्पोटस् क्लवका अध्यक्ष शरद रेग्मी, पत्रकार सरिता चौधरीलाई सम्मान गर्न गरिएको थियो।
थारु अघुवा छोटीलाल थारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भुह्याँर थान समितिका उपाध्यक्ष नारायण चौधरी र पत्रकार जयन्ती चौधरीले गरेका थिए ।