२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

चिसोको बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द हुने

घोराही, २३ पुस । दाङमा चिसो बढेपछि घोराही उपमहानगरपालिकाले दुई दिन बिद्यालय बन्द गर्ने भएको छ । दाङमा अत्यधिक चिसो बढेकाले पठनपाठनमा समस्या भएको भन्दै बिहिवार र शुक्रवार दुई दिन बिदा दिने निर्णय भएको घोराही उपमहानगरपालिका कार्यालयले जनाएको छ । उपमहानगरपालिकाले बुधवार एक सुचना जारी गर्दै यस पटकको दुई दिने बिदा बर्षे बिदाबाट कट्टी हुने गरी दिने निर्णय भएको जनाएको छ ।