२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

स्लो बाईक रेस प्रतियोगिताको उपाधी भट्टराईलाई

तुलसीपुर, पुस २३ । ‘स्लो बाईक रेस प्रतियोगिता’मा प्रिन्सिपल नारायण भट्टराई प्रथम भएका छन् । निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले आफ्नो २९औं स्थापना दिवसको अवसरमा तुलसीपुरमा बुधवार प्रिन्सिपलहरुको बीचमा स्लो बाईक रेस प्रतियोगिता आयोजना गरेको थियो ।

उक्त प्रतियोगितामा शान्तिदीप ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल भट्टराईले २६ जना प्रतिपर्धिहरुलाई जितेर प्रथम स्थान हासिल गरेका हुन । प्रतियोगितामा हाम्रो पहुँच सेकेण्डरीका प्रन्सिपल डिआर भण्डारी दृतिय भए भने तृतिय स्थान न्यू लक्ष्मी माबिका प्रिन्सिपल सागरमणि अधिकारीले प्राप्त गरेका छन् ।