शिब प्रसाद उपाध्याय । दंगिशरण, २४ पुस । दंगिशरण ५ डाँडागाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे उदघाटन गरिएकाे छ। बुधबार एक कार्यक्रमका विच प्रदेश सभा सदस्य विमला वलीले उद्घाटन गर्नु भएकाे हाे । उदघाटन कार्यक्रममा वाेल्दै आधारभूत स्वास्थ्य सेवाबाट काेही पनि बञ्चित नहुने बताउनु भयाे । कार्यक्रमका प्रमुख अथिति समेत रहेका सभासद वलीले जनताले पाउने आधारभूत स्वास्थ्य सेवा दिन स्थानिय, प्रदेश र संघिय सरकार तयार रहेकाे दावि गर्नुभयाे । वडाध्यक्ष दिपक गाैतमकाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा प्रदेश सभा सदस्य धमकली चाैधरीले जनताकाे घर दैलाैमा नै स्वास्थ्य सेवा सर्व सुलभ बनाउन आफुले प्रदेश सरकारमा भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे । कार्यक्रममा नेकपा नेता हिरा लाल चाैधरी, नेपाली काङ्गेसका नेता केशबराज आचार्य र स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले बाेल्नु भएकाे थियाे । कार्यक्रम सहजिकरण वडा सचिव प्रेम प्रकाश चाैधरीले गर्नुभएकाे थियाे । स्वास्थ्य केन्द्रमा ४० किसिमका वितरण र सुत्केरी उपलब्ध रहेकाे छ ।