पुस २४, काठमाण्डौ । पश्चिमी वायुको प्रभावले केही दिनदेखि देशभरिकै मौसम बदली भइरहेको छ । अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ । अहिले पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भर्इ धेरै ठाउँमा पानी र हिउँ परिरहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले विहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ ।शुक्रबार काठमाण्डौसहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको उहाँले बताउनु भयो ।