२०७८ भाद्र २३ गते बुधवार
२०७८ भाद्र २३ गते बुधवार

‘राष्ट्रिय एकता दिवस’ दाङमा पनि मनाईने

पुस २४, दाङ । राष्ट्र निर्माता पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान दाङले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने प्रतिष्ठानले निर्णय गरेको छ ।
आज घोराहीमा बसेको बैठकअनुसार पुस २७ गते विविध कार्यक्रम गरी २९८ औं राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको हो । प्रतिष्ठान दाङका अध्यक्ष नमबहादुर पौडेलको अध्यक्षता एंव सल्लाहकार भरत केसीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।

उक्त बैठकले यही पुस २७ गते घोराहीको तुलसीपुर चोकमा भेला भई घोराही बजार परिकर्मा गरी अन्त्यमा राष्ट्र निर्माता शाहको योगदानको बारेमा चर्चा गर्न कोणसभा गर्ने निर्णय गरेको छ ।