२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

बर्षाका कारण महोत्सव प्रभावित

२४ पुस, दाङ । बुधवार राती देखि परेको निरन्तर वर्षाका कारण दाङ देउखुरीमा सन्चालन भईरहेको सिसहनियाँ महोत्सव प्रभावित भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ पुस १७ गते बाट सञ्चालन भएको प्रथम औद्योगिक तथा कृषि व्यापार मेलामा वर्षाका कारण कार्यक्रमको आठौँ दिन स्थगित भएको छ । महोत्सव स्थलमा पानी जम्नुका साथै हिलाम्मे भए पछि महोत्सव प्रभावित भएको आयोजकले बताएको छ । महोत्सवको आठौँ दिन विहिवार आउने भनिएका कलाकारहरु नआएको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् ।