पौष २४, हापुरे । बबई गाउँपालिकाका EGRP सञ्चालन भएका ५ वटा बिद्यालयको आज अनुगमन गरिएको छ । विद्यालयका बालबालिकाको शिक्षण सिकाईको अबस्थाबारे बुझ्न बिद्यालयहरुको अनुगमन गरिएको बताइएको छ । अनुगमनमा बबई गाउँपालिकाका अध्यक्ष भुवनेस्वर पौडेल सहित शिक्षा बिकास समन्वय इकाइ समिती दाङ, EGRP कार्यक्रमका प्रतिनिधी, शिक्षा शाखा बबईका पदाधिकारी, प्रशिक्षक, सन्चारकर्मी एवम बिद्यालय ब्यबस्थापन समितीको सयुक्त अनुगमन टोलिको सहभागिता रहको थियो । गाउँपालिकाका ५ वटा बिद्यालय जनता माबि हङ्सपुर, जनज्योति प्राबी खयरभट्टी, जनश्रम आबि हस्तनापुर, प्रगतिशील प्रा.बि पुर्बहापुरेमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा बिद्यालयहरुको शैक्षिक गुणस्तरमा सकारात्मक परिबर्तन आएको बताइएको छ ।।