२०७९ चैत्र १ गते बुधवार
२०७९ चैत्र १ गते बुधवार

हमाल र शाहद्वारा जेष्ठ नागरिकलाई कपडा वितरण

तुलसीपुर, २४ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का पाँच वटा टोल विकास संस्थाका २० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । बिहिवार तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह र त्रिशिद्देश्वरी राप्ती यातायात प्रा.लिका अध्यक्ष सुरेश हमालले एक कार्यक्रमका बिच सयुंक्त रुपमा जेष्ठ नागरिकलाई सम्मान स्वरुप जाडोको कपडा बितरण गर्नुभएको हो ।

चिसो बढेपछि सम्मान सहित जेष्ठ नागरिकलाई न्यानो कपडा बितरणको गरिएको वडा नं ५ का अध्यक्ष बिरेन्द्र शाहले बताउनुभयो । त्यस्तै त्रिशिद्देश्वरी राप्ती यातयात प्रा.लिका अध्यक्ष सुरेश हमालले चिसोमा न्यानोसंग बस्न, जेष्ठ नागरिकको मनोवलमा सकारात्मक सोचको बिकास गर्न र जेष्ठ नागरिकले पनि राज्यको अनुभूती गर्न पाउन भन्दै न्यानो कपडा बितरण गरिएको बताउनुभयो ।

उक्त कार्यक्रममा व्यवसायी होमप्रकाश गौतम,पत्रकार शरद रेग्मी, स्थानीय निर्मल नेपाली, बिरेन्द्र क्षेत्री,केशव केसी लगाएतले केही व्यक्तीले भन्दा पनि चिसोको समयमा स्थानीय तहले पनि जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यायो कपडा बितरण गर्नुपर्ने बताउनुभयो ।