२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सुनको भाउ एकैदिनमा तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाण्डाै। हप्ताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा ९ सय रुपैयाँ घटेर तोलाको ७४ हजार ६ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको भाउ शुक्रबार पनि तोलामा ९ सय रुपैयाँ घटेको हो । अमेरिका र ईरानबीचको तनावका कारण बढेको सुनको भाउ दुई देशबीचको तनाव मत्थर हुँदै गएपछि भाउ घट्दै गएको महासङ्घअन्तर्गतको सुनको भाउ निर्धारण समितिले जनाएको छ । यस्तै चाँदी शुक्रबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैहरेको छ ।