२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

शान्तिनगरका अपाङ्ग वलीलाई राहत वितरण

शान्तिनगर, २५ पुस । मानिसक सन्तुलन गुमाएका शान्तिनगर वडा नं. ४ जुम्लेकुलाका बौद्धिक अपाङ्ग तारासिंह वलीलाई अपाङ्ग शसक्तिकरण केन्द्र नेपालले लत्ता कपडा राहत वितरण गरेको छ । केहि दिन अघि मर्छु भन्दै घरको लत्ताकपडामा आगो लगाएर मर्न खोजेका वलीलाई शुक्रबार एक कार्यक्रमका विच लत्ता कपडा सहित राहत वितरण गरिएको हो । केन्द्रका सचिव टिकाराम वलीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिं डाँगीको प्रमुख आतिथ्य र वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगी र वडा नं. ४ का वडाध्यक्ष धन बहादुर के.सी को विशिष्ट आतिथ्यमा राहत वितरण गरिएको हो।

केन्द्रले २ थान बलाङकेट, एक थान तन्ना, तकिया, डसना वितरण गरेको थियो । साथै १ सेट जेन्स कपडा र १ सेट लेडिज कपडा गरि करिब ७ हजार बराबरको लत्ता कपडा राहत वितरण गरेको हो। केन्द्रका सल्लाहकार सुमन गौतमको स्वागत मन्तब्यबाट सुरू भएको लत्ता कपडा राहत वितरण कार्यक्रमको सहजिकरण सह–सचिव बसन्ती वलीले गर्नुभएको थियो ।