२०७७ कार्तिक १० गते सोमवार
२०७७ कार्तिक १० गते सोमवार

अमर मावि को अध्यक्षमा खुसीराम चौधरी चयन

तुलसीपुर, २५ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा अवस्थित अमर मा.वि. उरहरीको वि.व्य.स अध्यक्षमा खुसीराम चौधरी चयन हुनुभएको छ । शुक्रबार विद्यालयमा भएको भेलाले चौधरीको अध्यक्षतामा नयाँ विद्यालय व्यबस्थापन समिति चयन गरेको हो । जसको सदस्यहरुमा पलबहादुर के.सी, शोभा विश्वकर्मा, ज्ञानी चौधरी, विमला के.सी र होताराम बस्नेत चयन हुनुभएको छ ।