२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

कर्पोरेट फुटसल : रोट्रयाक्ट र डक्टर्सको बिजयी सुरुवात

लक्ष्मण बस्नेत, २५ पुस तुलसीपुर । दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु स्काई वर्थ कप कर्पोरेट फुटसल प्रतियोगिता २०७६ मा आयोजक रोट्रयाक्ट क्लब अफ तुलसिपुर बि र डक्टर्स एशोसियन अफ तुलसिपुर ले बिजयी सुरुवात गरेका छ्न् । रोट्रयाक्ट क्लब अफ तुलसिपुरको आयोजनामा तुलसिपुर स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिता को उद्घाटन खेलमा एन प्याब्सन दाङ लाई ५ का विरुद्ध १३ गोल को फराकिलो अन्तरले पाखा लगाउदै रोट्रयाक्ट क्लब बि ले बिजयी सुरुवात गरेको हो । खेलमा रोट्रयाक्ट बि का जर्सी न ११ का हेम राज बस्नेत ले सर्वाधिक ५ गोल गरे । त्यस्तै रोट्रयाक्ट ए लाई शून्य का बिरुद्ध ४ गोल अन्तर ले पराजित गर्दै डक्टर्स एशोसियन ले बिजयी सुरुवात गरेको प्रतियोगिताका संयोजक सुरज राईमाझी ले जानकारी दिए ।प्रतियोगिता अन्तरगत सनिवार बिहान ६ बजे हुने पहिलो खेल मा पत्रकार र उधोग बाणिज्य संघ भिड्नेछन् ।

स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २० हजार पुरस्कार, कप हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद १० हजार तथा कप हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ प्लेयर अफ टुर्नामेन्ट र बेस्ट स्कोरर लाई पुरस्कृत गरिने क्लबका अध्यक्ष नवीन कुमार राई ले जानकारी दिए । खेल अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री सुरेन्द्र चौधरी र आदेश के.सि. रहेका छ्न् । पुस २६ गते सनिवार सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैबिच प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ तुलसिपुर सिटि का अध्यक्ष देब बहादुर केसि ले उद्घाटन गरेका हुन्  ।

कार्यक्रम क्लबका अध्यक्ष नवीन राई को अध्यक्षता तथा रोटरी क्लबका अध्यक्ष के.सि.को प्रमुख आतिथ्य तथा दाङ जिल्ला फुटबल संघ का अध्यक्ष सुशील श्रेष्ठ,तुलसिपुर उपमहानगरपालिका का युवा तथा खेलकुद संयोजक अमर नेपाली (माईकल) एवं तुलसिपुर उधोग बाणिज्य संघ का अध्यक्ष वीर बहादुर रावत को बिशिस्ट आतिथ्य मा भएको थियो । सो अबसरमा बोल्ने बक्ताहरु ले मानव स्वास्थ को अभिन्न अंग खेलकुद को बिकास बिना समृद्धि असम्भव रहेको बताएका थिए । बिकसित मुलुक ले खेलकुद का माध्यम बाटै समृद्धि हासिल गरेका थुप्रै उदाहरण प्रस्तुत गरेका उनिहरु ले देशको समृद्धि को मुख्य सुचक खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । प्रतियोगिता का संयोजक सुरज राईमाझी को स्वागत रहेको कार्यक्रम को संचालन क्लबका महासचिव कमल डागिले गरेका थिए ।