२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

ट्रकसँग बस ठोक्किएर आगो लाग्दा २० यात्रुको मृत्यु

२६ पुस, काठमाडौं । भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा त्यसमा सवार कम्तिमा २० जना यात्रुको मृत्यु भएको छ । २१ जनालाई बसबाट उद्धार गरिएको छ भने, कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन् । यो घटना कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँको हो । स्थानीय मिडियाहरुका अनुसारमा बसमा ५० जना यात्रुहरु थिए । एसीयुक्त बस र ट्रक आपसमा ठोक्किनासाथ दुवैमा आगो दन्किएको थियो ।