तुलसीपुर, २६ पुस । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ९ गतेदेखि १९ गतेसम्म हुने महोत्सको तयारी तिब्र रुपमा अघि बढेको छ । तुलसिपुरको गुल्मरोड नजिकै ओम शान्ति सिनेमाहलको पुर्ब तर्फको मैदानमा आयोजना हुन लागेको महोत्सबको लागि स्टल निर्माण कार्य धमाधम भैरहेको छ । तुलसिपुर उपमहानगरपालिकाले अघि सारेको ‘घुम्न जाऔं तुलसीपुर’ अभियानलाई पनि थप टेवा पु¥याउन दाङको तुलसिपुरमा ब्यापार तथा अैधोगिक महोत्सबको आयोजना हुन लागेको हो ।