२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

एउटै हातले ट्याक्टर हाँक्ने इन्द्र

प्रेम पुन, दाङ । अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैन भन्ने सवैको सोचाई छ । परनिर्भरतामा बाँच्नु पर्ने बाध्यता छ भन्ने सोचाई पनि छ । तर अपाङ्गगता भएका व्यक्तिले पनि सपाङ्ग सरह जुनसुकै काम गर्न सक्छन भन्ने गतिलो उदाहरण हुन् पश्चिम दाङ बबई गाउँपालिका वडा नं. ७ ढोलपुरका इन्द्र डाँगी । एउटा हात नभएका इन्द्र सपाङ्ग व्यक्ति सरह जोखिमयुक्त काम गर्दै आएका छन् । उनी एउटा हातले ट्याक्टर चलाउने गर्छन । उनको पेशा नै ट्याक्टर चालक भएको छ । इन्द्र ट्याक्टरका मालिक र चालक आफैं हुन् । २०६७ सालमा ट्याक्टर दुर्घटनाबाट उनको हात गुम्यो । ट्याक्टर दुर्घटनाबाट आफ्नो हात गुमे पनि ट्याक्टर मोह उनले छोडेनन् । एउटा हातले भएपनि ट्याक्टर चलाउने उनी जस्तोसुकै बाटोमा पनि ट्याक्टर चलाउन सिपालु छन ।

ईन्द्र हात गुम्दा निकै दुखि भए पहिले पहिले तर भाग्यको खेल यस्तै रहेछ भनेर चित्त बुझाए । एक हातले मात्र भएपनि उनले सुरू सुरूमा गर्न सकिन्न होला जस्तो लाग्थ्यो तर आँट गरेपछि सक्छु जस्तो ठानेर ट्याक्टर चलाउन अहिले सामान्य लाग्छ । उनि भन्छन “सपाङ्ग सरह हामी पनि जस्तोसुकै काम गर्न सक्छौं ।” यहि पेशाबाट उनले आफ्नो परिवार र घरव्यवहार चलाउदै आएका छन् । एक छोरा सहितको परिवार रहेको उनको परिवार यहि पेशाबाट जिविको चलेको छ ।

अपाङ्गता भएका व्यक्तिले पनि आँट गर्न सके सपाङ्ग सरह बाँच्न सकिने इन्द्रको अनुभव छ । अपाङ्गता भएका व्यक्ति प्रति समाजको दृष्टिकोण फरक भएकाले सवैले साथ र सहयोग गर्नुपर्ने उनि बताउछन् । आफुमा ट्याक्टर चलाउने क्षमता हुँदा हुदै सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउन नसक्दा दुखी छन् । अपाङ्गता भएका व्यक्तिलाई लाइसेन्स पाउने अनुमतिको सुविधा नहुँदा समस्यामा परेको उनले बताए । व्यवसायिक कृषि गर्ने सोच छ उनको तर लगानि नहुँदा गर्न सकेका छैनन्। व्यवसायिक कृषि गर्ने क्षमता भएपनि सहयोग र लगानीको अभावमा केहि गर्न नसकेको उनले गुनासो गरे ।

स्थानिय तहमा सरकार आएकाले अपाङ्गता भएका व्यक्तिलाई सहयोग पु¥याउने खाले कार्यक्रम चलाउन उनि आग्रह गर्छन् । अपाङ्गता भएका व्यक्तिको पहिचान गरि आयमुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने उनको भनाई छ ।