२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

सल्यानमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पुस २६, सल्यान । सल्यानमा मालबहाक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सल्ली चौरजहारी सडकखण्डअन्‍तर्गत बनगाड कुपिन्डे नगरपालिका वडा नं. ४ कोलखोला भाटमारे नजिकै ना ४ ख ८८७० नं. ट्रक शुक्रबार राति दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका छिन्चु मदनचौरका अन्दाजी ३५ वर्षिय रविन वि.क रहेको र्ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ। ट्रक सडकबाट झन्डै एकसय मिटर तल खसेको प्रहरीको भनाइ छ।