२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

सल्यान कालीमाटीमा तेस्रो माघी महोत्सव हुने

झुपु क्षेत्री, २६ पुस कालीमाटी । सल्यान कालीमाटीमा ‘तेस्रो माघी महोत्सव २०७६’ हुने भएको छ । ‘लोक साँस्कृतिक र पर्यटनको प्रवद्धन कृषिको आधुनिकीकरण गर्दै कालीमाटी गाउँपालिका लाई राष्ट्रिय रुपमा स्थापीत गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आगामी माघको १ गते देखि ४ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

कालीमाटी गाउँपालिका वडा नं. ३ मा अवस्थित शिवमन्दिरको प्राङ्गणमा महोत्सव सञ्चालन हुने महोत्सवका संयोजक दिप बहादुर वलीले जानकारी दिनुभएको छ । महोत्सवमा राष्ट्रिय कलाकारहरु प्रकाश सपूत, कृष्ण रेउले, कमला घिमीरे लगाएतकाले प्रस्तुती दिने महोत्सवका आर्थिक संयोजक रण बहादुर पुनले जानकारी दिनुभएको छ ।