२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

कर्पोरेट फुटसलको उपाधी रोट्रयाक्ट क्लबलाई

लक्ष्मण बस्नेत, २६ पुस तुलसीपुर । दाङको तुलसीपुरमा संचालित स्काई वर्थ कप कर्पोरेट फुटसल प्रतियोगिता २०७६ को उपाधी आयोजक रोट्रयाक्ट क्लब अफ तुलसीपुरले हात पारेको छ । रोट्रयाक्ट क्लब अफ तुलसीपुरको आयोजनामा तुलसीपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा संचालित प्रतियोगिता को फाईनलमा तुलसीपुर नगर जेसिज लाई २ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै रोट्रयाक्ट क्लब तुलसीपुरले उपाधी हात पारेको हो ।

उपाधी संगै उसले नगद २० हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा पराजित जेसिज भने उपबिजेतामा सिमित रहदै नगद १० हजार,कप,मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।