शिव प्रसाद उपाध्याय, दंगिशरण २६ पुस । नेपाल शिक्षक संघ दंगिशरण गाउँ कार्यसमितिको तेस्रो प्रतिनिधि सभा शनिबार दंगिशरन–५ सलौरामा सम्पन्न भएको छ। शिक्षक संघ दंगिशरण गाउँ कार्यसमितिका अध्यक्ष गोविन्द प्रसाद आचार्यको अध्यक्षता एवम नेपाल शिक्षक संघ दाङका अर्थ सचिव पुर्ण के.सी को प्रमुख आथित्य र दंगिशरण गाउँपालिका शिक्षा शाखा प्रमुख विनोद अधिकारी र दंगिशरण गाउँपालिका नेपाली काङ्ग्रेस इकाई सभापति शोभाकर न्यौपानेको विशिष्ट आथित्यमा सभा सम्पन्न भएको थियो ।
सदस्य दिपकनाथ योगीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रम सहजिकरण सदस्य प्रमोद आचार्यले गर्नु भएको थियो ।