तुलसीपुर, २६ पुस । तुलसीपुर नगर जेसिजको ८ औं पद हस्तान्तरण कार्यक्रम तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ । नेपाल जेसिज बर्ष २०२० का राष्टिय अध्यक्ष जेसी अशोक शंकरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
शनिबार होटल वेस्टर्न प्यालेस तुलसीपुरमा भएको कार्यक्रममा तुलसीपुर नगर जेसिस २०२० का अध्यक्ष मोहन सुनार सहित नयाँ कार्यसमितिले आफ्नो जिम्मेवारी विधिवत् रुपमा सम्हालेका छन ।