२०७७ कार्तिक १० गते सोमवार
२०७७ कार्तिक १० गते सोमवार

लियो क्लव तुलसीपुरका पदाधिकारीको पदभार ग्रहण

२६ पुस, तुलसीपुर । लियो क्लव अफ तुलसीपुरका पदाधिकारीले शनिवार पदभार ग्रहण गरेका छन् । केही समय पहिला चुनिएका क्लवका अध्यक्ष धुर्वराज न्यौपानेसहित कार्यसमितिका पदाधिकारीले क्लव अफ दाङका पुर्व अध्यक्ष बिनोदकुमार क्षेष्ठबाट सपथ तथा पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहणसँगै उक्त कार्यसमितिले औपचारिक रुपमा जिम्मेवारी पाएको छ । कार्यक्रम लायन्स क्लव अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षतामा भएको हो । कार्यक्रमको सहजिकरण लियो क्लव अफ तुलसीपुरका सचिव सन्तोष केसीले गरेका हुन ।