२०७७ मङ्सिर ९ गते मङ्गलवार
२०७७ मङ्सिर ९ गते मङ्गलवार

शान्तिनगरको स्वास्थ्य शिविरमा सयौं सहभागी

२६ पुस, शान्तिनगर । दाङको शान्तिनगरमा शानिबार बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा सम्पन्न शिविरबाट करिब साढे चारसय जनाले सेवा लिएका थिय ।

शान्तिनगर गाउँपालिका वडा नं. २ स्थित बाघमारे स्वास्थ्य चौकीमा भएको उक्त शिविरका लागि राप्ती लाईफ केयर हस्पिटलले बिशेषज्ञ चिकित्सक र औषधी उपलब्ध गराएको थियो । हस्पिटलका प्रबन्धक भण्डारीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए ।