२०७८ साउन ११ गते सोमवार
२०७८ साउन ११ गते सोमवार

प्रदेश नम्बर ३ : राजधानी हेटौँडा, नाम बागमती

काठमाण्डौ । प्रदेश नम्बर ३ को स्थायी राजधानी मकवानपुरको हेटौँडा र प्रदेशको नाम वाग्मती तय भएको छ । प्रदेश सभाको आइतबारको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेश सभामा भएको मतदानमा राजधानी हेटौँडा राख्ने प्रस्तावका पक्षमा १ सय ५ मत र काभ्रेको धुलिखेल बनाउनुपर्ने पक्षमा तीन मत मात्र खसेपछि राजधानी हेटौँडा पक्का भएको हो ।

विसं २०७४ माघ १८ गते पहिलो बैठक बसेको प्रदेशले प्रदेश सभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेशले नाम र स्थायी राजधानी प्राप्त गरेको हो । यससँगै नाम र स्थायी राजधानी राख्ने प्रदेशको सङ्ख्या चार पुगेको छ । अझै प्रदेश नम्बर १, २, र ५ ले आफ्नो नाम र स्थायी राजनीति तोक्न सकेका छैनन् ।