२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

सिलाई व्यवसायी संघको दोस्रो भेला सम्पन्न

२७, पुस शान्तिनगर । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ शान्तिनगर शाखाको दोस्रो भेला सम्पन्न भएको छ । संघका अध्यक्ष राजु परियारको अध्यक्षता एवंम नेपाल कपडा तथा सिलाई व्यवसाय संघ प्रदेश नं ५ संयोजक सुरेन्द्र परियारको प्रमुख आथित्य तथा उद्योग वाणिज्य संघ शान्तिनगर शाखा अध्यक्ष ज्ञानेन्द्रराज शर्मा र दलित सिप विकास तथा उत्थान केन्द्रका अध्यक्ष राधिका परियारको विशिष्ठ आथित्यमा भेला सम्पन्न भएको हो ।

भेलामा वोल्ने बक्ताहरूले सिलाई व्यवसायलाई दक्ष र व्यवस्थित बनाउनु पर्ने बताएका थिए । व्यवसायीहरू एकजुट भएर सिलाई व्यवसायलाई ग्राहकको मन जित्न सफल हुन सुझाव दिएका थिए। भेलामा नेपाल कपडा तथा सिलाई व्यवसाय संघ दाङका कार्यवाहक अध्यक्ष राधा योगी, तुलसीपुर शाखा अध्यक्ष पोषण रानपाल, सचिव उमेश परियार, शिक्षक संघका निम वहादुर परियार, अपाङग शसक्ति केन्द्रका गोरख परियार, लेवर टु प्रशिक्षक पुर्ण परियार लगाएतले बोलेका थिए । उपाध्यक्ष जानकी नेपालीको स्वागत मन्तव्य बाट सुरू भएको भेलाको सहजिकरण सदस्य सुरज सिं छिनालले गरेका थिए।