२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

राजा मःमको औपचारिक उद्घाटन

तुलसीपुर, २१ पुस । दाङको तुलसीपुरमा फरक शैलीमा सुरु गरिएको राजा मःम को आइतबार औपचारिक रुपमा उट्घाटन गरिएको छ । ‘स्वदेशमै केही गरौं’ भन्ने मुल नारा बनाएर २२ बर्षिय युवक दिपक काफ्लेले तुलसीपुर ९ स्थित पातुखोला पुल नजिक सुरु गरेको मःम पसल नयाँ प्रबिधि र शैलीमा सञ्चालनमा ल्याईएको छ ।

पर्यटन बर्षलाई सफल बनाउने उद्देश्य पनि रहेको उक्त मःम पसलका टेवलमा दाङका पर्यटकीय स्थलहरुको नाम लेखिएको छ । त्यसले बाहिर जिल्लाका मान्छे आएपछि यहाँका पर्यटकीय स्थलको जानकारी दिनेछ ।