२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुर महोत्सव सफल बनाउन विभिन्न उपसमिती गठन

शरद रेग्मी, तुलसीपुर २७ पुस । आगामी माघ ९ गतेदेखि १९ गतेसम्म तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने तुलसीपुर महोत्सवलाई सफल बनाउन विभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ । महोत्सव आयोजक मुल समितिको बैठकले मुल आयोजक समितिको संयोजक विर वहादुर रावत(विरु)लाई मुल समिति संयोजक तोकेको छ । त्यसैगरी निदेर्शन कमिटिको संयोजकमा निवर्तमान अध्यक्ष विमल रिजाल रहेका छन् ।

बैठकले रामप्रसाद चालिसेको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन उपसमिति, मीनराज भण्डारीको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, ललितजंग शाहको संयोजकत्वमा सांस्कृतिक उपसमिति, रुप वहादुर खत्रीको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति, डिल्ली वहादुर वलीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, विनिल के.सीको संयोजकत्वमा टिकट व्यवस्थापन उपसमिति, देव वहादुर के.सीको संयोजकत्वमा वाल उद्यान व्यवस्थापन उपसमिति, यज्ञ वहादुर केसीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति, टेक प्रकाश केसीको संयोजकत्वमा आवास तथा भोजन व्यवस्थापन, सुनील आचार्यको संयोजकत्वमा साउण्डसिस्टम, तुले दमाइको संयोजकत्वमा पार्किङ व्यवस्थापन, हेमेन्द्र खड्काको संयोजकत्वमा खेलकुद व्यवस्थापन, हेमराज गौतमको संयोजकत्वमा शोभायात्रा, सपना बस्नेतको संयोजकत्वमा महिला उद्यमी व्यवस्थापन उपसमिति गठन गरेको छ ।

त्यसैगरी पवित्रा केसीको संयोजकत्वमा कृषि प्रदर्शनी, यम कुमारी घिमिरेको संयोजकत्वमा व्याच व्यावस्थापन, दुर्गा भण्डारीको संयोजकत्वमा योगा व्यवस्थापन, भुपाल रावतको संयोजकत्वमा प्रमाणपत्र व्यवस्थापन, शुरेश हमालको संयोजकत्वमा यातायात र स्वयमसेवक व्यवस्थापन, नारायण खनालको संयोजकत्वमा मन्च व्यवस्थापन, शरद रेग्मीको संयोजकत्वमा सञ्चार व्यवस्थापन, राजेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन तथा मुल्यांकन उपसमिति गठन गरिएको छ ।

त्यस्तै बैठकले सल्लाहकार समितिमा पुर्व अध्यक्षहरु डिल्ली वहादुर बस्नेत, गणेशप्रेम श्रेष्ठ, राम वहादुर देवकोटा, चिरन्जिवि रिजाल, उत्तम कुमार श्रेष्ठ, हेमन्त कुमार रिजाल, अम्मर आचार्य, दिपेन्द्र कुमार खत्री र टेकन प्रसाद बस्नेत(हिमाल) लाई चयन गरेको बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ । त्यसैगरी बैठकले महोत्सव स्थलमा व्यवस्थापन गरिएका विभिन्न प्रकृतिका ४ सय स्टलहरुको वर्गिकरण गरी भाडा शुल्क समेत निर्धारण गरेको छ ।

त्यसमा सवैभन्दा सहुलियत कृषि र स्वास्थ्य सम्बन्धी स्टलहरुलाइ दिइएको छ भने सवैभन्दा महंगो अटोमोवाइलका स्टलहरुलाइ तोकिएको छ । प्रति स्टल शुल्क १० हजार रुपैया देखि २५ हजार रुपैया सम्म रहेको पनि मुल आयोजक समितिले जनाएको छ ।