२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शिवसेनाले मनायो पृथ्वीजयन्ती तथा एकता दिवस

तुलसीपुर २७ पुस । आइतवार दाङ सहित देशैभर २ सय ९८औँ पृथ्वीजयन्ती तथा एकता दिवस मनाइएको छ । तुलसीपुरमा शिवसेना नेपालको आयोजनामा नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको २ सय ९८औँ जन्म जयन्ती एवं एकता दिवस मनाइएको हो । सो अवसरमा शाहको तस्बिरमा माल्यअर्पण पनि गरिएको थियो ।

शिवसेना नेपाल दाङका अध्यक्ष देवीराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले टुक्रिएको देशलाई एउटै राज्य बनाएर जाने व्यक्तीलाई सदैब सम्झनुपर्ने बताएका छन । कार्यक्रममा शिवसेना नेपाल दाङका वरिष्ठ उपाध्यक्ष अशिताभ लामिछानेले पृथ्वीनारायण शाहको देनलाई कहिल्यै भुल्न नहुने बताए। उनले सबै नेपालीको बिचार एक हुन सके राष्ट्र एकता कायम हुने पनि बताए ।

सो अवसरमा नेपाली काँग्रेसका दिपक धिताल, समाजसेवी हरि शाह, सुमन थापा, टोपबहादुर वलि लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिवसेना नेपालका सचिव बासुदेब भुसालले गरेका थिए ।