२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

चलचित्र पत्रकार संघ दाङको अधिवेशन आज हुने

दाङ, २८ पुस । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको चौथो जिल्ला अधिवेशन यहिँ २८ गते आज हुने भएको छ। साथै उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताइएको छ । वि.सं. २०७३ सालमा तेस्रो जिल्ला अधिवेशनबाट ध्रुवराज न्यौपानेको अध्यक्षतामा तीन वर्षका लागि निर्वाचित कार्यसमितिको समयावधि सकिएकाले संघको चौथो जिल्ला अधिवेशन गर्न लागिएको हो।

चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय अधिवेशन नजिकिदै गर्दा केन्द्रले पनि सबै जिल्ला शाखाहरुमा जिल्ला अधिवेशन गर्न परिपत्र गरेअनुसार केन्द्रसंगको समन्वयमा नै अधिवेशनको मिति फाइनल गरिएको संघका अध्यक्ष ध्रुवराज न्यौपानेले बताएका छन् । तुलसीपुर स्थित रिपोर्टर्स क्लब दाङको हलमा हुने चलचित्र पत्रकार संघ दाङको चौथो जिल्ला अधिवेशनमा उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिनुहुन सम्पुर्णलाई अध्यक्ष न्यौपानेले अनुरोध गरेका छन्।