२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

दिलीपको परिवारलाई प्रदेश सरकारले पाँच लाख राहत दिने

२८ पुस, जनकपुर । अवैध उत्खनन् रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई प्रदेश २ सरकारले राहत दिने निर्णय गरेको छ।

शुक्रबार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको हत्या गरिएको थियो। प्रदेश २ को सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरिएको प्रदेशका मुख्यन्यायाधीवक्ता दिपेन्द्र झाले जानकारी दिए।